Saturday 6 June 2015

मगर संघ बहराइन द्वारा एक महिलालाइ उद्दार !

मानामा जेष्ठ २३ - नेपाल मगर संघ बहराइनको हिजो सुक्रबार बसेको कार्य समितिको बैठक सिलसिलामा पैसा नभई नेपाल फर्कन नसकी बिचल्लीमा परेकी रूपन्देही जिल्ला, तिलोत्तमा नगर पालिका , मक्रहर (शान्ति नगर) बासी रुपा पुन मगरलाइ उद्धारको लागि बहराइन दिनार १०३ (करिब रु २९,०००/-) नेपाली सहयोग गरेकोछ 
नेपालबाट कियर गिभरको नोकरीमा बहराइन आएको केहि महिना पछी अचानक ससुराको निधन भएको कारण घरमा आफ्ना बच्चाहरु बिचल्ली पर्ने भए पछी घर फर्कनको लागि निवेदन गर्दा घर मालिकले आफुले गरेको पारिश्रमिक पनि नदिदा, उनि बिचल्लीमा परेकी थिइन। मगर संघ बहराइनले दुतावास मार्फत रिपोर्ट गरि घर मालिक मार्फत  पारिश्रमिक र पासपोर्ट दिलाई अहिले एयर टिकटको लागि सो रकम संघका वर्तमान अध्यक्ष श्री श्याम पुन मगर जीले पिडितलाइ हस्तांतरण गर्नु भएको थियो ।

Tuesday 2 June 2015

अमेरिकी अदालतद्वारा समानता श्रेष्ठको हत्यारालाई ८५ बर्षको सजाय

वाशिंगटन डिसी, जेठ १९- नेपाली मूलकी बिद्यार्थी समानता श्रेष्ठको हत्यारालाई ८५ बर्षको सजाय यहाँको अदालतले सुनाएको छ l
samanataसोमबार  भएको सुनुवाईमा मुख्य हत्याराको अभियोगमा पक्राउ परि मोन्टगेमरी काउन्टी कारागारमा राखिएकी भर्जिनिया टेक्निकलका २२ बर्षिया  बिद्यार्थी जेसिका मिशेल विङ्गलाई हत्याको अभियोगमा ८० बर्ष र प्रमाणहरुलाई लुकाउन प्रयास गरेकोमा थप ५ बर्ष गरि ८५ बर्षको सजाय मोन्टगेमरी काउन्टी सर्कुट अदालत भर्जिनिया ब्ल्याकबक्सले  सुनाएको हो l
अदालतमा सुनुवाई बिहान ९ बजे देखि साँझ ५ बजे सम्म चलेको थियो भने वादी र प्रतिवादीका वकिलहरुले लामो समय सम्म बहस गरेका थिए l गत बर्ष नै नेपाली मूलकी बिद्यार्थी समानता श्रेष्ठको हत्याराको अभियोगमा भर्जिनिया टेक्निकलका दुई बिद्यार्थीलाई स्थानिय प्रहरीले नियन्त्रणमा लिएको थियो l

यस्ता योग्यता भएका भूकम्प पिडितलाई मात्रा क्यानडा लैजाने

नेपालले दियो क्यानडालाई दक्ष कामदारको सूची
काठमाडौं, जेठ १९ – नेपालले क्यानडालाई विभिन्न २१ वटा क्षेत्रमा काम गर्ने दक्ष जनशक्ति पठाउन सक्ने जानकारी गराएको छ । क्यानडाले कामदार लिने संकेत गरेपछि नेपालले आफ्ना मुलुकमा भएका दक्ष कामदार पठाउने सूची उपलब्ध गराएको हो । क्यानडालाई दिइएको सूचीमा धेरैजसो प्राविधिक क्षेत्रमा काम गर्ने जनशक्ति छन् ।
भूकम्पप्रभावित जनतालाई सहयोग गर्न नेपाल आएकी क्यानडाकी श्रममन्त्री केल्ली लेइचसमक्ष श्रम तथा रोजगार मन्त्रालयले यस्तो सूची उपलब्ध गराएको हो ।
नेपालले क्यानडाको आवश्यकताअनुसार उपलब्ध गराउन सक्ने जनशक्तिमा दन्त चिकित्सक, मेडिकल ल्याब प्राविधिक, शिक्षक, नर्स, कृषि विज्ञ, अनमी, अकाउन्टेन्ट, इन्जिनियर, सूचना प्रविधिसम्बन्धी विज्ञ, प्लम्बर, इलेक्ट्रिसियन,मेकानिक, सुरक्षा गार्ड, कृषि विज्ञ, रसायनशास्त्री, तालिमप्राप्त मजदुर,जीवविज्ञान सम्बन्धी जनशत्तिः छन् । नेपालले आकर्षक पारिश्रमिक तथा सेवा सुविधा दिएमा प्राविधिक तथा दक्ष जनशक्ति पठाउन सक्ने बताएपछि त्यहाँकी श्रममन्त्री लेइचले नेपालबाट कामदार लैजान विशेष पहल गर्ने आश्वासन दिएकी छन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ । 

भूकम्प प्रभावित १७ जिल्लामा पहिरोको जोखिम अध्ययन गरिने !

१९ जेठ, काठमाडौं । खानी तथा भूगर्भ विभागले भूकम्प प्रभावित १७ जिल्लामा पहिरोको जोखिम अध्ययन गर्न टोली पठाउने तयारी गरेको छ । गृह मन्त्रालयका सिफारिस अनुसार बढी प्रभावित ६ जिल्लाका केही निश्चित गाविसहरुमा पुगेको १८ वटा टोलीले अहिले प्रतिवेदन बनाइरहेको छ । खानी विभागका प्रवक्ता कृष्णचन्द्र झाका अनुसार पहिरोको जोमिखबारे अध्ययनका लागि टोली पठाउने तयारी भइरहेको जानकारी दिए । ‘वस्तीहरु भएका ठाउँमा पहिरोको जोखिम र नयाँ ठाउँमा बस्ती बनाल्नुअघि अध्ययनका लागि टोली पठाउने तयारी छ’ उनले भने ।
खानी विभागले सिन्धुपाल्चोक, दोलखा, गोरखा, नुवाकोट, रसुवा, लमजुङ, तनहुँ, सोलखुम्बु र मनाङमा अध्ययन टोली पठाउने तयारी गरेको छ । टोलीले काठमाडौं, भक्तपुर, काभ्रेसहितका जिल्लामा पनि अध्ययन गर्नेछ । काठमाडौंको कौशलटार लगायतका क्षेत्रमा जमिन चिरा परेकोले विस्तृत अध्ययन आवश्यक पर्ने विभागले जनाएको छ ।